भारतमा पाँचौँ दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि

|

भारत / भारतमा लगातार पाँचौँ दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ५२ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो ।
त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ८ सय १२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९५ हजार १ सय २३ पुगेको छ ।

भारतमा अहिलेसम्म १ करोड ७३ लाख १३ हजार १ सय ६३ लाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४३ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार भन्दा बढी छ ।

२०७८ बैशाख १३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।