साहित सिंह ठकुरीको ‘मुटु जल्ने रहेछ’ भिडियो सार्वजनिक

|

काठमाण्डौ  / गायक सूरज कालाखेतीको नयाँ सांगीतिक कोसेली ‘मुटु जल्ने रहेछ’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना साहित सिंह ठकुरीको छ भने संगीत गायक स्वयंले नै गरेका छन् ।

विश्व अधिकारीको संयोजनमा मिक्सिंग र मास्टरिङ् बिप्लव अधिकारीले गरेका छन् । लाइक माइण्ड नेपालमा रेकर्ड गरिएको गीतको शिलान लम्सालले सम्पादन गरे हुन् ।केशब राज भट्टले कोरियोग्राफी गरेको गीतमा मुकेश हुमागाइ र टीमको छायांकन रहेको छ । भिडियो निर्देशन गीतका रचनाकार स्वयंले गरेका छन् । साथै सहित सिंह ठकुरी र रोश्नी कार्की मुख्य भूमिकामा अभिनयमा गरेका छन् ।

भिडियो मोडल ठकुरीको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कलाखेतीले नयाँ वर्षको उपहार स्वरूप आफ्नै युटुब च्यानल (सूरज कालाखेती अफिसियल) मार्फत भिडियोसहित गीत सार्वजनिक गरेका छन् ।

२०७८ बैशाख ११, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।