बिरामीलाई कोरोना देखिएपछि कोहलपुर मेडिकल कलेज ‘सिल’

|

कोहलपुर / नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको छ ।अछामबाट सोमबार दिउँसो ल्याइएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा इमरजेन्सी र ओपिडी सेवा बन्द गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।अछामबाट ल्याइएकी बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अहिलेलाई इमरजेन्सी र ओपिडि सेवा बन्द गरेका छौं’ स्रोतले भन्यो, ‘अहिले एकप्रकारले अस्पताललाई सिल गरेर अब के गर्ने भनेर छलफलमा जुटेका छौं ।’

दिसा रोकिएर हेलिकोप्टर मार्फत ल्याइएकी २५ वर्षिय गर्भवती महिलामा सोमबार साँझ पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो ।भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । अहिले अस्पतालबाट कोहीलाई बाहिरबाट भित्र समेत जान दिइएको छैन भने भित्रबाट बाहिर समेत आउन दिइएको छैन । महिलालाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।

२०७७ जेष्ठ २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।