सन्जय थापा एनआरएनए आईसिसी सदस्य पदका उमेदवार

|

एनआरएनए आई सि सि (NRNA- ICC)सदस्यमा न्युयोर्क निवासी सन्जय थापाले मनोनयन दर्ता गरेका छन् ।
सन्जय थापा अमेरिकी नेपाली समाजमा परिचित नाम हो २००७ मा अमेरिका आई न्युयोर्क वसोवास गर्दै आएका थापा विशेष गरी न्युयोर्क नेपालीहरुको देनिक सुख दुखका साथी हुन्।

अमेरिका आईसके पछी अमेरिकावासी नेपालीहरुको प्राय सवै ठुला समस्याहरु समाधानको लागि उनको योगदान छ साच्चै भन्नुपर्दा नेपालमा २०१५ मा आएको भुकम्पको कारण अमेरिकामा रहेका कागज पत्र विहिनहरुलाई कानुन वमोजिम यहाँ वस्न र काम गर्न पाउने गरी TPS को सुविधा प्राप्त गराउनुमा उनको प्रमुख भुमिका थियो भन्ने कुरा नेपाली समाजमा चर्चा छ ।

आज यि सवै नागरिकता प्राप्त गर्ने सम्मको कानुन वन्दै गरेको चर्चा पनि छ ।अमेरिकामा रहेको सामाजिक संस्था प्रवासी नेपाली मन्चको संस्थापक अध्यक्ष थापा अधिल्लो पटक अध्यक्ष का प्रत्यासी पनि थिए NRNA अमेरिकामा संस्थाको सदस्य वनाउने र मतदानमा भएका कैयन कमिकमजोरी हटाउन आफ्नै नामको कार्डवाट पैसा तिरेर मात्र सदस्य वन्न पाउने र एउटा यन्त्रवाट एक भोट मात्र हाल्न पाउने व्यवस्थाको लागि सधै आवाज उठाईरहने थापा भन्छन् सदस्य बन्ने/बनाउने प्रकृया र निर्वाचनको कुरामा पारदर्शिता अपनाई स्वच्छ र निष्पक्ष निर्वाचन गराउन सक्दा NRNA को गरिमा सधै उच्च रहने काम गर्ने र यहाँ रहेका नेपालीलाई सहयोग गर्ने कुरामा धेरै थोरै संस्थाको हैसियत अनुसार काम गरिरहने प्रतिबध्दता ब्यक्त गरेका छन् ।

थापाको नेपालमा रहदा पनि विभिन्न सामाजिक संस्थामा संलग्न साथै प्रत्यक्ष राजनैतिक कार्यकर्ता पनि थिए उनि २०५४-२०५९ को काठमाडौ जिल्ला विकास समितीको क्षेत्र नं ३ बाट निर्वाचित जिल्ला सदस्य पनि हुन् र जहिलेपनि संस्था भित्र पारदर्शिता, समावेशीता र निस्पक्ष हुनुपर्दछ भन्ने महत्वपूर्ण भूमिका खेल्दै आईरहेको उनि बताउँछन् ।

२०७८ बैशाख ८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।