रुपन्देहीको मैनहवामा एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या

|

रुपन्देही / रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा एक युवकले आफ्ना पाँच जना साथीको हत्या गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारस्थित कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत ६ जनामध्ये ५ जनाको हत्या भएको हो । गाई फार्ममा चार जनाको हत्या भएको र अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको रुपेन्देही प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न भएको आशंकमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिञ्जाली पक्राउ परेका हुन् ।ज्यान गुमाउनेमा चार जना पुरुष र एक महिला रहेका छन् । सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू संलग्न भएको बताएका छन् । यद्यपि, हत्याको कारण खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हत्या गरिएका पाँचै जनाको पहिचान खुलेको छ ।ज्यान गुमाउनेहरुमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्‌ ।

२०७७ जेष्ठ २७, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।