मोहन खड्का र रेखा विश्वकर्माको ‘माया के हो’ भिडियो सार्वजनिक

|

काठमाडौं । लोकदोहोरी गायक मोहन खड्का र गायिका रेखा विश्वकर्माको आवाजमा रहेको गीत ‘माया के हो’ भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दिलिप कुमार धामीको र ऐमन विश्वकर्माको संगीत उक्त गीतमा रहेको छ भने विश्वास नेपालले संगीत संयोजन गरेका छन् । त्यस्तै, गीतको भिडियोमा मोडल सुरज रेग्मी र गीता कुवँरले अभिनय गरेका छन् । माया प्रेमका विषयमा आधारीत गीतको भिडियोमा सुरज र गीता एक नमुना जोडीको रुपमा देखिएका छन् ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई निशान एसकेले निर्देशन गरेका छन् भने दिपक गिरीको छायांकन तथा अमृत चापागाइँको सम्पादन रहेको छ । मेशना म्युजिकको युट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

२०७७ चैत्र २७, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।