मेरो उम्मेदवारी सबै नेपाली दिदी-बहिनीहरुको निम्ति प्रतिनिधित्व हो- सुनिता खत्री

|

गैर आवासीय नेपाली संघ राष्ट्र्रिय समन्वय समिति अमेरिकाको लागि सक्रिय सामाजिक अभियन्ता सुनिता खत्रीले महिला संयोजक पदमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।

उनि दुई दशक अगाडी देखि भर्जिनिया क्षेत्रमा बसोबास गर्दै आएकि छिन् भने हाल उनि महिला सामाजिक कार्यकर्ताको साथै व्यवसायी पनि हुन् । उनि थुप्रै सामाजिक संघ/संस्थामा आबद्ध भएर महिला सशक्तिकरणको निम्ति सक्रिय भुमिकामा देखिन्छिन् ।

अमेरिकाको स्ट्रेयर विश्व बिद्यालयबाट सूचना प्रविधिमा उच्च शिक्षा हासिल गरेकी उनको काठमाडौँमा हिमालयन बैंकमा ५ बर्ष काम गरेको अनुभवको साथै विभिन्न सामाजिक संघ सस्थामा रहेर धेरै अनुभव लिईसकेकी छिन् ।

बिभिन्न शिक्षण संस्था, व्यवसाय समाजसेवा तथा क्षेत्रहरु मार्फत समाजलाई नेतृत्व र प्रेरणा बढाउन सफल महिला दिदिबहिनीहरुको ज्ञान, सिप, क्षमता र अनुभवलाई सदुपयोग गर्दै यस क्षेत्रमा रहनुहुने आम नेपाली प्रवासि महिलाहरुलाई हित गर्ने उनको प्रमुख उद्देश्य हो ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)को सामुदायिक पुरस्कारको प्रायोजक समेत रहेकी उनि हाल हामी नेपालीको उपाध्यक्ष हुन् भने नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)कि कार्यकारी अधिकारी पनि हुन् । यसको साथै उनि अनेसासको महिला संयोजक, यु.एन.ए.को महिला संयोजक र एएनएचएसको आजीवन सदस्य हुन् ।

साथै उनले आफ्नो उम्मेदवारी सबै नेपाली दिदी-बहिनीहरुको प्रतिनिधित्व उमेद्वारी हो र सम्पूर्ण साथ सहयोग र समर्थन को अपेक्षा गर्दै सवल सक्षम र समावेसी एनआरएनका निमित्त नयाँ कार्यसमिती निर्वाचन (२०२१-२०२३)कार्यकालको निम्ति महिला संयोजक पदमा आफ्नो उमेद्वारी घोषणा गरेको बताउँछिन् ।

२०७७ चैत्र २६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।