एशियालीमाथीको आक्रमण विरुद्धको शान्तिपूर्ण ऱ्यालीमा दशौ हजारको प्रदर्शन

|

अमेरिका/संयुक्त राज्य अमेरीकामा पछिल्लो समय रंगभेदी , जातीभेदी गतिविधिहरू बढीरहेको तथा एशियाली मुलुकका अमेरीकन नागरीकहरूमाथी संघातिक आक्रमण बढीरहेको विरूद्वमा न्यूयोर्कमा दशौ हजारको प्रदर्शन भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्ना सहआयोजक रहेको सो र्यालीलाई स्टप एशियन हेट नारा दिइएको थियो । 

अप्रिल ४ तारिखका दिन म्यानहाटनको फ्लोरी स्क्वार बाट ब्रुक्लिन पुल हुदै क्याटमन प्लाजा सम्म जुलुस सहित प्रदर्शन गरिएको थियो ।

Coalition of Asian-American for civil rights को प्रमूख आयोजनमा प्रदर्शन गरिएकोमा नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिफ्ना ) सह आयोजक रहेको थियो ।

फिप्नाले नेपाली अमेरीकन समुदायको नेतृत्व गरेको सो ऱ्यालीमा फिफ्नाका अध्यक्ष लोक चेम्जोङ , प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरूङ, फिप्नाका सल्लाहकार भरत लामा, एनआरएन न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष सोभाकान्त पाण्डे , एनआरएन न्यूयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष विष्णु राना , फिफ्नाका महासचिव नरेन्द्र थापा , कोषाध्यक्ष छोन्जोम लामा , सचिव टोमा लामा, सदस्य सोनाम गेल्बु शेर्पा , स्थानिय निकाय विभागका सदस्य सचिव दिपेन्द्र लामा , मुगुम अर्गनाईजेशनका अध्यक्ष आङगेल लामा , निवर्तमान अध्यक्ष पेमा लामा , तामाङ सोसाईटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा , किरात याक्थुङ चुम्लुङका महासचिव सुमन थाम्सुहाङ , कोषाध्यक्ष सरोज थाङदेन ,युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , तामाङ सोसाइटी अफ अमेरीकाका अध्यक्ष छेमाङ तामाङ, शेर्पा संघ अमेरीकाका अध्यक्ष आङजंबु शेर्पा , फिफ्नाका पूर्व महासचिव प्रेम गुरूङ , एनआएरएनकी अभियन्ता राज्य कर्मचार्य श्रेष्ठ , एनआरएन न्यूयोर्क च्याप्टर युथ कोर्डिनेटर विजय गुरूङ , लगायतले प्रतिनिधित्व गरेका थिए ।

हामी समानता चाहान्छौ , जातिय विभेद बन्द गर , रंगभेद वन्द गर , सबैप्रकारको अन्यायहरूको विरूद्धमा एकजुट होऔं जस्ता लेखिएको प्लेकार्ड सहित न्यायपूर्ण आन्दोलनमा समानताको लडाईमा सधै अग्रमोर्चामा नेपाल आदिवासी जनजाति महासंघ सधै जनताको साथमा रहने प्रतिबध्दता समेत ब्यक्त गरेका छन् ।

दशौ हजारको उपस्थित रहेको जुलुसमा नेपाली समुदायको नेतृत्व गर्दै फिप्नाले सह आयोजकको भुमिका निर्वाह गरेकोमा सबै नेपाली संघ संस्था तथा व्यक्तीहरूको सक्रिय सहभागिता प्रती नेपाल आदिवासी जनजाति महासंघ अमेरीका का अध्यक्ष लोक चेम्जोङले धन्यवाद व्यक्त गरेका छन् ।

२०७७ चैत्र २२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।