यौन स्वास्थ्य प्रजनन अधिकार बारे युवालाई तालिम

|

धनकुटा / नेपाल युवा परिषद जिल्ला शाखा धनकुटाले नेपाल युवा परिषद प्रदेश नं.१ को समन्वयमा यौन स्वास्थ्य प्रजनन अधिकार सम्बन्धि अनलाइन तालिम सम्पन्न गरेको छ । उक्त अनलाईन सेसनमा देश भरिबाट ३५ भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो । यौन स्वास्थ्य प्रजनन अधिकार अहिलेका युवाले जान्नै पर्ने विषय रहेको र उक्त अनलाइन तालिमले युवाहरुलाई उक्त विषयमा जान्न मदत गरेको र आगामी दिनमा यौन स्वास्थ्य प्रजनन अधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने योजना रहेको नेपाल युवा परिषद जिल्ला शाखा धनकुटाका सयोजक सुजन शाक्यले जानकारी दिनुभयो ।

जुम यप्समा भएको उक्त तालिममा युवा विकास केन्द्रको कार्यक्रम संयोजक तारा चाम्लिङ राईले सहजिकण गर्नु भएको थियो । नेपाल युवा परिषद प्रदेश नं.१ का सह संयोजक मिस्टी भण्डारीले आगामी दिनहरुमा पनि युवाहरुको क्षमता अभिबृधिको लागि तालिम संचालन गर्ने योजना रहेको जानकारी दिनु भयो ।

२०७७ जेष्ठ २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।