
बंगलादेशमा बढ्दो कोभिड सङ्क्रमण रोक्ने उद्देश्यका साथ आउँदो सोमवारदेखि एक साता लामो देशव्यापी लकडाउन गरिने त्यहाँको सरकारले बताएको छ।
शुक्रवार बंगलादेशमा एकैदिन ६,८०० मानिसहरूमा कोभिड-१९ सङ्क्रमण भएको पाइएको छ।
सो सङ्ख्या महामारी सुरु भएयताकै सर्वाधिक दैनिक सङ्ख्या हो।
गत वर्ष पनि कोभिडका कारण बंगलादेशमा करिब तीन महिना लकडाउन गरिएको थियो।
त्यस अवधिमा सबै कार्यालय तथा अदालतहरू बन्द रहनेछन्।
तर प्रवासी मजदूरहरूको आफ्नो गाउँघरतर्फको आवतजावत रोक्न औद्योगिक गतिविधिहरू जारी राखिनेछन्।