हामी गर्भवती छौ : प्रियंका कार्की

|

 

अभिनेत्री प्रियंकाले आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।

अवश्य पनि आमा बन्नु नै हरेक नारीको सबै भन्दा ठूलो इच्छा हुने गर्दछ।

पोस्टमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै प्रियंकाले लेखेकी छन्,अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि! भन्ने अड्कल काटेका थिए।

केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो।

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।