एनआरएन म्यासाचुसेट्स च्याप्टरका उम्मेदवारहरु को कस्ता

|

यतिखेर अमेरिकी नेपाली समाजमा एनआरएनए निर्वाचनको चटारो छ । सन् २०२१-२०२३ कार्य कालका लागि विभिन्न राज्यहरुबाटएनसीसी बोर्ड र च्याप्टरका पदहरुमा धमाधम उम्मेदवारी घोषणाको समाचारहरु सामाजिक संजालमा देखिन्छ ।

एनआरएनएको मतदाता संख्याको हिसावले म्यासाचुसेटस् छैटौं स्थानमा भएकोले यसपाली त्यस राज्यमा चुनावी चहल पहल बढ्नु स्वभाविक पनि छ ।

बोस्टनको स्थानीय मतदाताका अनुसार पछिल्लो पटक त्यस राज्यबाट एनआरएनए अमेरिकाको एनसीपी बोर्ड अफ डाइरेक्टर पदकालागि सुरेश वाले र रन्जन थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।
अहिलेसम्ममा म्यासाचुसेटस् च्याप्टर अध्यक्षमा चन्द्र देवमंडल र प्रेम तामाङ बाहेक अरुले उम्मेदवारी घोषणा गर्नु भएको छैन भने बाँकी पदहरुमा एकल उम्मेदवारी मात्रै घोषणा भएको छ ।
च्याप्टर अध्यक्षमा हरि प्रसाद काफ्लेको चर्चा धेरै पहिले देखि सुनिए पनि अहिलेसम्म उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छैन ।

उहाँले चन्द्र देव मंडललाई फकाएर आफ्नो टीमबाट उपाध्यक्षमा प्रस्ताव गरेपनि अस्वीकार गरेको अवस्था छ साथै मंडलले अध्यक्षकोउम्मेदवारी यथावतै रहेको प्रष्टीकरण फेसवुक मार्फत गरिसक्नु भएको छ ।

यस आलेखमा एनआरएन अमेरिका म्यासाचुसेटस् च्याप्टरकोविभिन्न पदहरुमा आगामी कार्यकाल २०२१-२०२३ का लागि उम्मेदवारी घोषणा गर्नु भएका उम्मेदवारहरुको संक्षिप्त परिचय दिने प्रयासगरिएको छ ।

प्रेम तामाङ,उम्मेदवार च्याप्टर अध्यक्ष:
सन् २०२१-२०२३ कार्य कालका लागि एनआरएन म्यासाचुसेटस् च्याप्टरको अध्यक्षका प्रत्याशी प्रेम तामाङको स्थायी नेपाल घरकाभ्रेपलान्चोक जिल्ला हो ।विगत दुई दशक भन्दा बढी समयदेखि बोस्टन म्यासाचुसेट्समा बस्दै आउनुभएका तामाङको पृष्ठभूमि खेलकुद हो ।
खेलकूदतर्फ किक बक्सिगं र सितरियो करांतेमा आबद्ध तामाङले सन् १९९४ को नेशनल च्याम्पियनशिप उपाधी जित्नुभएको थियो ।

अमेरिका स्थित नेपाली संघ संस्थाहरु ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी)तामाङ सोसाइटी अफ अमेरिका र बोस्टन तामाङसमाजबाट समाजिक कार्य थाल्नु भएका तामाङले जिबिएनसी र बोस्टन तामाङ समाजलाई नेतृत्व गर्दै अहिले एनआरएन म्यासाचुसेटस्च्याप्टरको अध्यक्ष हुनुहुन्छ ।

बिचमा केही साल यूस ओपन च्याम्पियनशिपका प्रतिस्पर्धाहरुमा कहिले रेफ्री त कहिले प्रतिस्पर्धी भएरपुनः खेलकूदमा सहभागीता जनाउंदै फ्लोरिडामा सम्पन्न सन् २०१२ को युस नेशनल च्याम्पियनशिपमा स्वर्ण पदक समेत प्राप्त गर्नु भएको थियो ।
यसरी चार पाँच बर्ष सामाजिक कार्यमा प्यासिभ देखिए पनि उहाँको व्यस्तता कतै न कतै भइ नै रहेको थियो,तिनै समाजिककार्यको पुरानै लिगेसीले उहाँलाई सन् २०१९-२०२१ कार्य कालका लागि एनआरएन म्यासाचुसेटस् च्याप्टरको अध्यक्षमा बिजेता गरायो।

एनआरएनए म्यासाचुसेटस् च्याप्टरको अध्यक्षको हैसियतले उहाँकै नेतृत्व र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टनको संयुक्तआयोजनामा गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन सन् २०१९ को सेप्टेम्बर१ र २ तारेख बोस्टनमा सम्पन्न गर्नु भएको थियो ।
टिम संयोजनमा कुशल प्रेम तामाङ बोस्टनको नेपाली समाजमा अत्यन्त लोकप्रियव्यक्तित्व मानिनु हुन्छ ।

चन्द्र देव मंडल,उम्मेदवार च्याप्टर अध्यक्ष:
सन् २०२१-२०२३ कार्य कालका लागि एनआरएन म्यासाचुसेटस् च्याप्टरको अध्यक्षका अर्का प्रत्याशी चन्द्र देव मंडलको स्थायी नेपालघर सप्तरी जिल्ला हो । करीब डेढ दशकदेखि बोस्टन म्यासाचुसेटसमा बस्दै आउनु भएका मंडल सामाजिक कार्यको लागि बोस्टनकोस्थानीय संस्थाहरु  जिबिएनसी र पशुपतिनाथ एण्ड बुद्ध फाउन्डेशन अफ न्यू ईगंल्याण्डमा आबद्ध हुनुहुन्छ ।
उहाँ अघिल्लो पटककोनिर्वाचनमा च्याप्टर कोषाध्यक्षमा प्रचण्ड श्रेष्टसंग पराजित हुनु भएको थियो र यो पटक भेरिफिकेशन कमिटीले सदस्यता भेरिफाई नगर्दैअध्यक्षमा उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

खुम(राजु) गुरुङ, च्याप्टर उपाध्यक्ष:
नेपालघर लमजुङ भएका खुम गुरुङ करीब एक दशकदेखि बोस्टन म्यासाचुसेटसमा बस्दै आउनु भएको छ । तमु समाज बोस्टनमा आवद्दभएर सामाजिक कार्यमा लाग्नु भएका गुरुङ एनआरएन म्यासाचुसेटस च्याप्टरको वर्तमान युवा संयोजक हुन् र अहिले उपाध्यक्षकाप्रत्याशी हुनुहुन्छ ।

प्रचण्ड श्रेष्ट,उम्मेदवार सचिव:
गोर्खा स्थायी घर भइ विगत एक दशक देखि बोस्टन म्यासाचुसेटस् बस्दै आउनु भएका प्रचण्ड श्रेष्ट सन् २०२१-२०२३ कार्य कालका लागिएनआरएन म्यासाचुसेटस च्याप्टरमा सचिवका प्रत्याशी हुन् र पेशाले व्यवसायी । नेपालदेखि नेपाली हेन्डीक्राफ्टका समानहरु मगाएरबिक्री गर्छन र आएमई मार्फत मनि ट्रान्फर सेवा पनि दिंदै आएका छन् ।

एनआरएन अमेरिका म्यासाचुसेटस् च्याप्टरको वर्तमानकोषाध्यक्ष श्रेष्टले अघिल्लो निर्वाचनमा अहिलेका अध्यक्षका प्रत्याशी चन्द्र देव मंडललाई पराजित गर्नु भएको थियो ।

सलोनी भण्डारी,उम्मेदवार सह सचिव:
पेशाले स्थेटिसियन सलोनी करीब एक दशकदेखि बोस्टन, म्यासाचुसेटसमा बस्दै आउनु भएको छ र उहाँ च्याप्टर सह सचिव पदकोप्रत्याशी हुनुहुन्छ । उहाँले बोस्टनको स्थानीय संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहयोग गर्दै र सहभागिता जनाउंदै आउनुभएको छ ।
नेपालमा सरकारी सेवा गर्नु भएकी उनी सिद्धार्थ बनस्थली इन्स्टिट्यूटको भूतपूर्व बिद्यार्थी हुन् ।

अजय कुसवाह, उम्मेदवार कोषाध्यक्ष:
करीब सात आठ बर्षदेखि बोस्टन म्यासाचुसेटस बस्दै आउनु भएका अजयको स्थायी नेपाल घर बिरगंज हो जुन पर्सा जिल्लामा पर्दछ ।बोस्टनको स्थानीय संघ संस्थाहरुको कार्यक्रमहरुमा सहभागी हुंदै जिबिएनसीबाट सामाजिक कार्य थालेका अजय एनआरएनएम्यासाचुसेटसको अघिल्लो निर्वाचनमा उपाध्यक्षमा हरि प्रसाद काफ्लेसंग झिनो मतान्तरले पराजित हुनु भएको थियो ।
हालजिबिएनसीको सह कोषाध्यक्ष अजय यसपटक एनआरएनए म्यासाचुसेटस् च्याप्टरको कोषाध्यक्ष पदका प्रत्याशी हुनुहुन्छ ।

अन्जु थापा, उम्मेदवार महिला संयोजक:
विगत दुई दशकदेखि बोस्टन म्यासाचुसेटस् बस्दै आउनु भएकी अन्जु थापाको स्थायी नेपाल घर बिराटनगर हो । सामाजिक कार्यमाअत्यन्तै रुचि राख्नुहुने थापा नेपाली महिला बिश्व संजाल (एनडब्ल्युजिएन) र बोस्टन सप्ताह हुंदै हाल पशुपतिनाथ बौद्ध फाउन्डेशनकोबोर्ड अफ डाइरेक्टर र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) को उपाध्यक्ष हुनुहुन्छ । साथै हरितालिका तीज लगायत नेपाली धर्म रसंस्कृति सम्बन्धी कार्यक्रमहरुमा सकृय रुपमा सहयोग पुरयाउंदै आउनु भएको छ । उहाँकै संयोजकत्वमा फाउन्डेशनमा सन् २०१९ मापहिलो पटक सत्यनारायणको पूजा सफलतापूर्वक सम्पन्न भएको थियो ।

थापाले एनआरएनए अमेरिका बोष्टन च्याप्टरको आगामीकार्यकाल २०२१-२०२३ का लागि महिला संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएकी छिन् र बोस्टनको नेपाली समाजमाझ अत्यन्तै चिर परिचित व्यक्ति हुनुहुन्छ ।

मुकुन्द पोख्रेल, उम्मेदवार युवा संयोजक:
स्थायी नेपाल घर भैरहवा भएका मुकुन्द पोख्रेललाई बोस्टनको नेपाली समाजमा “डिजे मुकुन्द” भनेर चिनिन्छ ।
थुप्रै संस्थागत रव्यक्तिगत सांस्कृतिक कार्यक्रमहरुमा डिजे चलाएर चर्चामा आएका पोख्रेलले हालैका बर्षहरुमा नयां बर्ष र प्रेम दिवसको अवसरमा डिजेसहितको कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । यति मात्रै होइन उनी क्रिकेट र फुटबल प्रेमी पनि हुन् र त्यस्ता खेलहरु बोस्टनकोनेपाली युवाहरु माझ आयोजना पनि गर्दै आएका छन् ।

बोस्टनको नेपाली युवाहरु माझ अत्यन्तै लोकप्रिय डिजे मुकुन्दले एनआरएनएअमेरिका बोष्टन च्याप्टरको आगामी कार्यकाल २०२१-२०२३ का लागि युवा संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

शिव राज मिश्र,बोर्ड अफ डाइरेक्टर:
तनहुँको भानु नगरपालिका वडा न १ भन्सार स्थायी घर भइ हाल दुइ दशकदेखि बोष्टनको एभरेट सिटीमा बस्दै आउनु भएका शिवराजमिश्र लामो अमेरिका बसाईमा जिबिएनसी र पशुपतिनाथ बुद्ध फाउन्डेसन लगायतका स्थानीय संघ संस्थाहरुसँग जोडिएर समाज सेवामानिरन्तर कृयाशिल हुनुहुन्छ ।
खासगरी भिडियोग्राफीमा रुचि राख्नु हुने मिश्रले एनआरएनए अमेरिकाको बोष्टन च्याप्टरको आगामीकार्यकाल २०२१-२०२३ का लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

कृष्ण महत, उम्मेदवार बोर्ड अफ डाइरेक्टर:
दुई दशकभन्दा बढी समयदेखि म्यासाचुसेटसमा कर्म गर्दै आउनु भएका कृष्ण महतको स्थायी नेपाल घर दोलखा हो ।
संघ संस्थामा खासैआवद्द नभए पनि नेपाली धार्मिक, सांस्कृतिक, सामाजिक र सामुदायिक कार्यक्रमहरुमा सहभागी भइ आफुले सके जती सहयोग गर्दैआउनु भएको छ ।
नेपाली भाषा, धर्म, संस्कृति, चाडपर्व र रितिरिवाजप्रति अत्यन्तै बिश्वास गर्नुहुने महतले सन २०२१-२०२३ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

समुन्द्र श्रेष्ट, उम्मेदवार बोर्ड अफ डाइरेक्टर:
काठमाण्डौको सितापाइला स्थायी घर भएका समुन्द्र श्रेष्ट सन् २००३ मा अमेरिका आए ।
करीब दुई दशक लामो बोस्टन म्यासाचुसेटस्बसाइमा विभिन्न संघ संस्थाहरुको कार्यक्रमहरुमा सहभागी हुंदै सन २०२१-२०२३ कार्य कालका लागि एनआरएनए म्यासाचुसेटस्च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

रुपक अधिकारी, उम्मेदवार बोर्ड अफ डाइरेक्टर:
नुवाकोट स्थायी घर भएका रुपक अधिकारी बोस्टन म्यासाचुसेटस् बस्न थाल्नु भएको धेरै भएको छैन ।
करीब चार बर्षको बोस्टनबसाइमा जिबिएनसी र बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीसंग आवद्द हुंदै थुप्रै नेपाली कम्युनिटीले आयोजना गरेका कार्यक्रमहरुमासहयोग गर्दै र सहभागी हुंदै आउनु भएको छ ।
उहाँले सन २०२१-२०२३ कार्य कालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्डअफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

अन्जना घले, उम्मेदवार बोर्ड अफ डाइरेक्टर:
मनाङ स्थायी घर भएकी अन्जना घले सन् २०१६ देखि बोस्टन म्यासाचुसेटस् बस्न थाल्नु भएको हो ।
करीब पाँच बर्षको बसाइमा नेपालीकम्युनिटीले आयोजना गरेका थुप्रै सामाजिक कार्यक्रमहरुमा सहयोग गर्दै र सहभागी हुंदै आउनु भएको छ ।
उहाँले सन २०२१-२०२३ कार्यकालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

प्रमिला धमला बन्जारा, उम्मेदवार बोर्ड अफ डाइरेक्टर:
धादिङ स्थायी घर भएकी प्रमिला धमला बन्जारा विगत एक दशक देखि बोस्टन म्यासाचुसेटस् बस्न थाल्नु भएको हो ।

नेपालीकम्युनिटीले आयोजना गरेका थुप्रै सामाजिक कार्यक्रमहरुमा सहयोग गर्दै र सहभागी हुंदै आउनु भएकी प्रमिलाले सन २०२१-२०२३ कार्यकालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

२०७७ चैत्र १८, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।