नेपालगन्ज / बाँके र बर्दिया जिल्लामा आज १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका एक र बर्दियाका १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय पुरुष, बर्दियाको बाँसगढी नगरपालिकाका २० देखि २८ वर्षीय पुरुष नौ जना, मधुवन नगरपालिकाका ४ वर्षीया बालिकादेखि २३ वर्षीया महिला र दुई जना २० वर्षीय पुरुषसहित चार जना, बारबर्दिया नगरपालिकाका ३३ वर्षीया महिला तथा ३४ वर्षीय पुरुष र ठाकुरबाबा नगरपालिकाका १९ देखि ४० वर्षीय तीन जना पुरुषमा सङ्क्रमण देखिएको भेरी अस्पतालले जनाएको छ । यो सँगै बाँकेमा सङ्क्रमितको सङ्ख्या दुई सय ७१ र बर्दियामा ६० पुगेको छ ।