ह्याप्पी रोज डे

|

सुशील कन्दरा राजभर / “बाबा उठ्नु न, कती निदाएकाे क्या” उनकाे बाेलीलाई वास्तै नगरी पल्टिरहेको थिए, त्यसैले ब्ल्याङकेट तान्दै उठाइन,चिम्लिरहेको आँखामा न्यानो श्वासले फु गरेर सुस्तरी हाल्दै कानमा Happy Rose Day Baba भनि निधारमा चुमिन् । आज त Kiss Day हैन त अनि फेरि किन किस गरेकाे भनेर जिस्काइदिए, उनी ब्ल्याङेट भुईमा झारेर गइन् । म उठेर बार्दलीमा पुगे, आज साँच्चिकै ढिलाे उठेको रहेछु । हाेटलका कुना-कुनामा डेरा जमाएर बसेका गाैथलीहरुकाे चिरबिर आवाज र घाम चियाबारीलाई छिचोल्दै माथि आइसकेको थियो ।

माेवाईलमा रिङ बज्याे, अमन सरले गर्नुभएको थियाे । म उनलाई तयार हुँदै गर है भन्दै हाेटलबाट निस्किए । अमन सरले तयारीका सजावटका निम्ति फुलहरु लिन जानुपर्ने कुरा गर्नुभयाे । हामी शिक्षा कार्यालय प्राङ्गणमा तयारी अवस्थामा रहेकाे सजावटका फुलहरु लिएर अायाै र समारोह स्थलमा सजायाै । पुनः हाेटल फर्केर सबैजनाले खाना खायाै । अनि बजार निस्कियाै ।समुहका सबैले एक अर्कालाई Happy Rose Day भन्दै थिए तर त्यति बेला उनकाे मुहारमा कुनै उत्साह देखिन। Valentine सप्ताह मनाउन नै ईलाम पुगेका थियाै अन्य याेजना त बहाना मात्रै त थियाे ।

ईलाम बजारकाे मुख्य सडकमा बाजागाजा सहित हिडेकाे झाँकीहरुकाे बिचमा हामी थियौँ । उनले मलाई हेर्थिन तर मैले उनलाई हेर्दा अर्कोतिर नजर फेर्थिन मलाई थाहा भईसकेकाे थियाे उनी रिसाएकी छिन् । म झाँकीकाे बिचबाट निस्केर सडक पेटीमा पुगे,उनी पनि आईन। अरु साथिहरु ईलामकाे मुख्य चाैक कटेर अगाडि बढीसकेका थिए । मैले काेटकाे भित्री गाेजीबाट गुलाफकाे फुल निकाल्दै उनकाे कपालमा सिउरिदिए। अनि उनीले जस्तै सुस्तरी कानमा Happy Rose Day Sani भने तर बिना चुम्बन । बिहानै गुलाफकाे फुल सजावटकाे थुँगाबाट सुटुक्क निकालेर उनीलाई नै दिनका लागि भनेर राखेकाे थिए । उनले म तिर फर्केर हेरिन, आँखाभरी आँशु थियाे । मैले पनि गहिराे प्रेमभाव सहित नियालेर हेरे । उनकाे आँखामा टिलपिल भएको आँशुलाई खस्नु अघि नै पुछिदिए । हामीसंगै हिडिरहेकाे शक्ति भाइले अाहाे! दाईभाउजुकाे राेज डे गज्जव हुदैछ है भन्यो उनी झन लजाएर लपक्क टासिन ।

उनले  आफ्नाे कपाल मिलाइ र कस्सेर अङ्गाल्दै Happy Rose Day भनिन । ईलामकाे व्यस्त बजारमा पनि बिना संकाेच अंगालेर हिँडिरहिन् । सायद सबैलाई भुलिछिन् मलाई पाउँदा।

इटहरी

२०७७ माघ २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।