समाजसेवी नेपाली दिपक पाठकको निधनः लसएन्जल्स स्तब्ध

|

अमेरिका /  अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा एकजना समाजसेवी नेपालीको निधन भएको छ । उहाँ सन २००६ देखि अमेरिका बस्दै आएका ४९ बर्षिय नोगराज पाठक (दिपक पाठक) को लसएन्जल्स स्थित लामिडाराको किन्डरड हस्पिटलमा निधन भएको छ ।

लस एन्जलसको श्री पशुपतिनाथ तथा बुद्ध फाउण्डेशनमा संस्थापक सदस्यको रुपमा क्रियाशील उनि समाजसेवामा अत्यन्तै मिलनसार ब्यक्ति थिए र यतिबेला सबैजना आफन्त एंव नेपाली समुदाय उहाँको असमायिक निधनको खबरले शोकाकुल भएका छन् ।
उहाँको परिवारमा श्रीमती , एक २५ बर्षिय छोरा र एक २३ बर्षिय छोरी छन् । उहाँलाई कोरोना पोजिटिभ भएको पुष्टी भएपछी अलि सास फेर्न कठिन भए पछि अस्पातल भर्ना गरिएको थियो ।

कोरोना संगसगै उहाँलाई निमोनिया भएकोले श्वासप्रश्वासमा समस्या बढेपछि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको थियो र यतिबेला लसएन्जल्सबासी नेपाली समुदाय भावबिहोल भैरहेको छ । लसएन्जल्सको नेपाली समुदायमा कोरोनाबाट मृत्यु भएको पहिलो र अत्यन्तै दुखदायी घटना भएको जानकारी लसएन्जल्सबासी महावाणिज्यदुत ऋषि ढकालले बताउनु भएको छ । उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली !
शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना !

२०७७ माघ २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।