झगरीवाल वाग्ले स्मृती पत्रकारिता पुरस्कारबाट बाँकेका दुई पत्रकार पुरस्कृत

|

कोहलपुर / झगरीवाल वाग्ले स्मृती पत्रकारिता पुरस्कारबाट बाँकेका दुई पत्रकार पुरस्कृत भएका छन । प्रेस संगठनका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गिय बुवाको स्मृतीमा स्थापना गरेको अक्षयकोषबाट उक्त पुरस्कार प्रदान गरीएको हो । वाग्लेको प्रथम स्मृती दिवसका अवसरमा आईतबार झगरीलाल वाग्ले स्मृती बिकास पत्रकारिता पुरस्कारबाट भेषराज बस्नेत र झगरीलाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट डिल्ली शाही पुरस्कृत भएका हुन ।
बिकास पत्रकारीता पुरस्कारको राशि ६ हजार र युवा पत्रकारीता पुरस्कारको राशि ४ हजार रहेको पुरस्कारको संरक्षक प्रदिप वाग्लेले जानकारी दिए । प्रेस संगठन संगको सहकार्यमा वाग्लेले स्थपना गरेको पुरस्कार हरेक वर्ष बाँकेका २ जना पत्रकारलाई प्रदान गरिने छ । घोषित पुरस्कार हरेक वर्ष जेठ १८ गते स्मृती दिवसका दिन बितरण गरिने भएपनि बिशष परिस्थितिका कारणबस् आईतवार प्रदान गरिएको थियो ।

प्रेस संगठन बाँकेका अध्यक्ष डक्ट धितालको अध्यक्षता तथा नेकपा बाँकेका अध्यक्ष आईपि खरेलको प्रमुख आतिथ्यतामा आयोजना गरीएको कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइराला, प्रचार बिभाग प्रमुख प्रमोद धिताल, प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपाने, नेकपा क्षेत्र नं. १ का संयोजक सुर्य ढकाल, नगर कमिटि अध्यक्ष बसन्ती अधिकारी, नेकपाका नेता अब्दुल हुसेन खाँ, अबराज खड्का, प्रेस संगठनका केन्द्रीय सदस्य भेषराज बस्नेत, रुद्र सुवेदी, पत्रकार महासंघ ५ नं. प्रदेशका सदस्य शिव सुनार, प्रेस संगठन बाँकेका सहसंयोजक हेमन्त विक लगाएतले सहभागीता जनाएका थिए ।

२०७७ जेष्ठ २५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।