गायिका अञ्जु पन्तको ‘पुरानो घाउ’को म्युजिक भिडियो रिलिज

|

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘पुरानो घाउ’को म्युजिक भिडियो रिलिज भएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् । गजलका शब्द चन्द्र प्रसाइँ ‘परिष्कृत’ले लेखेका हुन् । प्रसाइँले लेखेको ‘पुरानो घाउ’का शब्द निकै भावनात्मक छन् । गीतको एरेञ्जर विष्णु अधिकारी हुन् । रेकर्डिङ र मिक्सिङ विश्व अधिकारीले गरेका छन् ।

संगीतकार श्रेष्ठले ‘पुरानो घाउ’को गजलको भावना अनुसार म्युजिक भिडियो बनेको छ । ‘मैले धेरै गीतहरूमा संगीत दिएको छु’, श्रेष्ठले भने, ‘ती गीतहरूमध्ये ‘पुरानो घाउ’ निकै उत्कृष्ट बनेको छ । हामी आशावादी छौं ।’

गजलको शब्द र भाव अनुसार पाण्डेले म्युजिक भिडियोको निर्देशन गरेको बताएका छन् । ‘गजलको शब्दहरू अत्यन्तै मन छुने खालका छन्’, उनले भने, ‘शब्द र संगीतलाई मैले म्युजिक भिडियोमा भावना मर्न दिएको छैन ।’

म्युजिक भिडियोमा मोडलद्वय आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेका छन् । म्युजिक भिडियोको प्रोडक्शन म्यानेजर दीपेन गौतम रहेका छन् । छायाँकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन् ।

२०७७ माघ २२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।