गायिका अन्जु पन्तले  दोस्रो विवाह गर्दै 

|

गायिका अन्जु पन्तले थीर कोइरालासँग विवाह गर्ने भएकी छिन्। दुवैतिरका घर परिवारका सदस्यबीच बिहेबारे सल्लाह भइसकेको छ भन्ने समाचार संचार माध्यम हरुमा आईसकेको छ ।

उनले आफ्नो बिहेपछि नयाँ अध्याय सुरु हुने समेत बताइन्। इलामका थीरले सेतोपाटीलाई भने, बिहे गर्ने सहमतिमा पुगे पनि मिति तय हुन भने बाँकी छ। दुवै जनाको अनुकुल समय मिलाएर मिति तोक्ने छौं।

थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ कार्यक्रम चलाउँथे, उनी हाल उनी गैरसरकारी संस्थामा सञ्चालन गर्छन्।
६ वर्षअघि थीर र अन्जु पन्तको पहिलो भेट नेपाल टेलिभिजनको एउटा कार्यक्रममा भएको थियो।

अन्जु र थीर बीच त्यही कार्यक्रममा पहिलो चिनजान भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरु केही महिनामै वैवाहिक बन्धनमा बाँधिने भएका हुन्।

तस्वीर: सामाजिक संजालबाट

२०७७ माघ २०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।