
काठमाडौं / पछिल्लो समयमा टिकटकमा भाईरल भएका दाङ्गका पत्थरको मुटुको उपनामले चिनिएका बिजय पुनको ‘पत्थरको मुटु’ एउटा अधुरो प्रेम कथा समेटिएको गीतको भिडियो आज सार्वजनिक भएको छ । सो गीतमा गायक प्रताप दाशको कर्णप्रिय स्वरले गीत मर्मस्पर्शी बनेको छ । बिजय पुनको शब्द रहेको छ भने संगित ऋषि खड्काको रहेको छ ।
बिशाल निरौलाले एरेन्ज गरेको उक्त गीतको भिडियोमा बिजय पुन र गिता ढुङ्गानाको जिबन्त अभिनय रहेको छ । सो गितलाई बिक्रम चौहानले निर्देशन गर्नु भएको छ । सो गीतमा प्रेममा विछोड भएको प्रेमीको दर्दनाक भावाना अभिब्यक्त गरिएको छ ।
आज सो गित बिजय पुन पत्थरको मुटु युटयुब च्यानलबाट रिलिज भएको सात घण्टामा १ लाख भन्दा बढी र्दशकले हेरी साथ दिएका छन् ।