गायिका रचना रिमालको ‘मुनामदन–२’ (भिडियो सार्वजनिक)

|

काठमाडौं । चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ  । सो गीतमा  गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ ।

जनक विवश न्यौपानेको  शब्द तथा संगीत गीतमा रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ । गीतमा प्रेमील जोडि विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ  ।

उत्सव दाहालको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । अभि वाग्ले गीतमा कोरियोग्राफी गरेका छन । गीतलाई मनोज कार्कीले प्रस्तुत गरेका हुन ।

‘मुनामदन–२’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

२०७७ पुष २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।