२४ घण्टाभित्र कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु

|

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण नेपालमा आजसम्म १ हजार ९२७ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो दिन ५२१ जना कोरोना भाइरस संक्रमणको उपचारपछि डिस्चार्ज भएका छन् । आजको डिस्चार्ज संख्यासहित कोरोना निको हुनेको २ लाख ५८ हजार ९६८ जना पुगेको छ ।

२०७७ पुष २७, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।