डेमोक्रेटिक नेतृ न्यान्सी चौथो पटक अमेरिकाको हाउस स्पीकरमा विजयी

|

चर्चित डेमोक्रेटिक नेतृ न्यान्सी पेलेसो चौथो पटक अमेरिकाको हाउस स्पीकरमा विजयी भएकी छिन् ।

संविधानले कांग्रेसलाई जनवरी ३ ,२०२१ दिउँसो ३ बजे अमेरिकी पूर्वीय समयमा भेला हुन् आह्वान गरेको थियो । प्रतिनिधिसभाको पूर्ण सदनले नयाँ सभामुखको चयन गर्ने क्रममा उनि पुन:उक्त पदमा बिजयी हासिल गर्न सफल भएकी छिन्।

उनले प्रतिनिधि सभाको डेमोक्र्याटिक नेताको रूपमा १७ वर्ष सेवा गरेकी छिन्। उनले अमेरिकी कंग्रेसको १ सय १७ औ भेला हुनु अगाडी सभामुख पदमा पुन :उम्मेदवारी दिए पछि पत्र लेखेकी थिइन् ।  उनले कूल मत २१६ प्राप्त गर्दै पुन लगातार दोश्रो पटकको लागि बाजी मारेकी छिन्।

उनि डेमोक्रेटिक दलकी सशक्त महिला हुन् भने क्यालिफोर्नियाको १२ औ निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्छिन्। उनि ईतिहास कै पहिलो महिला सभामुख हुन् ।

२०७७ पुष २१, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।