काठमाडौँ / नेकपाको प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट शंकर पोखरेल र पुथ्वी सुब्बा गुरुङलाई जिम्मेवारीबाट हटाएको छ ।
पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले लुम्बिनी प्रदेशको इन्चार्जबाट पोखरेल र गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङलाई हटाएको हो । गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकिएका छन् ।
प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समूहकै नेता इन्चार्ज छन् । ओली समूहले पनि प्रचण्ड– माधव समूहमा रहेका इन्चार्जहरुलाई हटाएर नयाँ जिम्मेवारी दिइसकेको छ ।
सोमबारको स्थायी कमिटी बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका थिए । यो बैठकले नेताहरुको जिम्मेवारी टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल पनि बनाएको छ ।






