सुर्खेतमा भएको युवकको मृत्यु कोरोना संक्रमणबाटै भएको पुष्टि

|

काठमाडौं / कर्णाली प्रदेशको सुर्खेत जिल्लाको युवकको मृत्यु कोरोना संक्रमणबाटै भएको सरकारले आज घोषणा गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका सुर्खेत पञ्चपुरी नगरपालिका- १ का युवकको बिहीबार मृत्यु भएको थियो । उनको मृत्युपछि गरिएको पीसीआर विधिको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कोरोना संक्रमण प्रदेश न. १ मा २४२, प्रदेश न. २ मा ९९३,बागमती प्रदेशमा ८५, गण्डकी प्रदेशमा ५७, प्रदेश न. ५ मा ९६५, कर्णाली प्रदेशमा ४७९ र सुदुरपश्चिममा ९१ गरि जम्मा २९१२ नेपालमा कुल स‌ंक्रमित २९१२ पुगेको छ ।

२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।