
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जाने तयारीमा रहनुभएको छ ।
अध्यक्ष दाहाल पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि भारत जान लाग्नुभएको हो।
खुमलटार स्रोतका अनुसार लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।
प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँमा स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या देखिने गरेको छ ।
यसअघि दाहालको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा र सिंगापुरमा समेत उपचार गरिएको थियो ।
भारतमा कहाँ उपचार गराउने भनेर त्यहाँ स्थित चिकित्सक र अस्पतालसँग परामर्श भइराखेको प्रचण्डको सचिवालयले जनाएको छ ।
नेपालमा दाहालको उपचारमा संलग्न चिकित्सकहरुले पनि नेपालको उपचारका लागि भारत जान सुझाव दिएको सचिवालयले जनाएको छ ।