२४ घण्टाभित्र कोरोना संक्रमित ७ जनाको मृत्यु

|

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणका कारण ७ जनाको निधन भएको छ । कोरोना संक्रमणकै कारण आजसम्म मुलुकमा १ हजार ८ सय ३२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणकै कारण पछिल्लो २४ घन्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्यासहित नेपालमा आजसम्म २ लाख ५८ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ८० प्रयोगशालामा ५ हजार ५ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको हो । हालसम्म १९ लाख १५ हजार २३२ जनामा पीसीआर नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या भने ६४ सय २७ रहेको छ । त्यस्तैगरी हाल विभिन्न जिल्लामा ३६९ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २०७, भक्तपुरमा २२ र ललितपुरमा ४९ जना संक्रमित थपिए ।

२०७७ पुष १३, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।