भक्तपुर / जिल्ला स्तरीय महिला तथा बालबालिका सहजिकरणको बैठक जिल्ला समन्वय समिती भक्तपुरका उपप्रमुख सरिता कुवरको अध्यक्षतामा सामाजिक दुरि कायम बैठक सम्पन्न भएको छ । बैठकमा सुर्यबिनायक, चागुनारायण, मध्यापुर ठिमी नपाका उपप्रमुख ज्युहरु क्रमशः जुना बस्नेत, बिना बास्तोला, अन्जना मध्यकर्मी, चागुनारायण नगरपालिकाका प्रशासन प्रमुख निला कुमारी घिमिरे, पत्रकार महासघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, नेपाल प्रहरीका प्रतिनिधि, समितिका सचिव कृष्णेश्वरी हाडा र बालअधिकारकर्मी दिपेश बिसुन्के तथा श्रीकृष्ण थापाको उपस्थिति रहेको थियो । साथै बैठकको अन्त्यमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको समेत उपस्तिथि जनाउनुभएको थियो ।
बैठकमा कोरोना र लकडाउनले महिला बालबालिकामा पारेको असर, स्थानिय सरकारले गरेका प्रयास र आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । साथै जिल्लामा रहेको क्वारेन्टाइनहरुलाइ बालमैत्री, अपाङ्गमैत्री बनाउनको लागि कोभिड ब्यबस्थापन समितिलाई अनुरोध गर्ने निर्णय समेत गरियो । साथै कोरोना भाइरस लकडाउन पश्चात् पनि बालबालिका र महिलाहरुलाइ पार्न सक्ने असरलाइ मध्यनजर गर्दै नीति तथा कार्यक्रमम बनाउन नगरपालिकाहरुलाइ अनुरोध समेत गरियको बालअधिकारकर्मी श्रीकृष्ण थापाले बताउनु भएको छ ।
|
२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC