राष्ट्रपतिलाई भेटेर सपना रोकाको यस्तो अनुरोध

|

बीबीसीको सन् २०२० मा विश्वका १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेपालमा महिला, बालबालिका तथा सडक बालबालिकाको अवस्था निकै नाजुक रहेकोले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।

उहाँले महिला राष्ट्रपति भएको देशमा नै यतिधेरै महिला र बालबालिकाले दुःख पाइरहेका भन्दै यसको समाधानका लागि आग्रह गर्नुभएको हो ।

उहाँले आज राष्ट्रपतिलाई भेटेर सो आग्रह गर्नुभएको छ ।

राष्ट्रपतिसँग रोका मगरले बेवारिसे र बेसहाराहरुको उचित किसिमको व्यवस्थापनका साथै सरकारबाट मानवसेवाको लागि छुट्टाइएको बजेट सही ठाउँमा सदुपयोग गर्न पनि आग्रह गरेको बताउनुहुन्छ ।

रोका मगर नेपालका बेवारिसे सवहरुको व्यवस्थापन गरिरहनु भएको छ र सोही उल्लेखनीय कार्य बापत उहाँलाई बीबीसले सो सूचीमा राखेको हो ।

उहाँको कार्यको उचित मूल्यांक गरेर राष्ट्रपतिले उहाँलाई भेट्न बोलाउनुभएको थियो ।

महिला रास्ट्रपति भएको देश नेपालमै ससाना बालबालिका बलात्कारको शिकार भएर मर्नु परेको दुःखद अवस्था रहेकोले यो अवस्थाको निराकरणका लागि आवश्यक निर्देशन दिनका लागि उहाँले आग्रह गरेको जानकारी दिनुभएको छ ।

२०७७ पुष १२, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।