बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

|

नेपालगन्ज / बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

केन्द्रका अुनसार बाँकेको जानकी गाउँपालिका वडा नम्बर–६ का ५० वर्षीय पुरुष र कैलाली लम्की चुहा नगरपालिका वडा नमबर–३ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि जानकीका ती पुरुष गत पुष ३ गते भेरी अस्पताल भर्ना भएका थिए । उनले त्यसको अघिल्लो दिन पीसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । कोरोना पोजेटिभ पाइएका ती पुरुषको उपचारका क्रममा शुक्रबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै लम्की चुहाका ती ५८ वर्षिय पुरुषलाई गत मंसिर ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएलगत्तै थप उपचारका लागि पुष ३ गते मात्रै भेरी अस्पतालमा भर्ना गरिएको थियो । भेरी अस्पतालमा उपचाररत ती पुरुषको पनि उपचारकै क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतक दुवैजनाको स्वास्थ्य उपचारका लागि रोगको प्रकृति अनुसार सम्पूर्ण पद्धति अपनाएर उपचार गर्दा पनि उनीहरुको स्वास्थ्यमा सुधार हुन नसक्दा मृत्यु भएको केन्द्रले जनाएकोछ ।

२०७७ पुष १०, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।