अमेरिकामा थप १० करोड खोप आपूर्ति गर्दै

|

फाईजरले अमेरिकामा थप १० करोड खोप आपूर्ति गर्ने भएको छ । फाइजरले बुधबार संयुक्त राज्य सरकारलाई थप १० करोड ( १०० मिलियन ) दिने भएको र ट्रम्प प्रशासन संग नयाँ सम्झौता भएको जनाएको छ ।

अमेरिकाले अझ ४० करोड खोप् किन्ने बिकल्प समेत राखेको जनाएको छ ।

फाइजर र जर्मन साझेदार बायोटेकले संयुक्त राज्य अमेरिकाको लागि अहिले २०० मिलियन खुराक(डोज )ले १० करोड मानिसहरुलाई दुई पटक लगाउन पुग्ने जनाएको छ ।

अर्को सालको जुन २०२१ सम्ममा हामीलाई चाहिने हरेक अमेरिकीलाई खोप दिन पर्याप्त मात्रामा आपूर्ति गर्ने छौ , यो नयाँ संघीय खरीदले अमेरिकीहरूलाई अझ बढी विश्वास वृद्धि गर्ने छ ।

स्वास्थ्य तथा मानव सेवा सचिव एलेक्स अजरले एक विज्ञप्ति मार्फत भनेका छन् ।

श्रोत :सिएनएन

२०७७ पुष ९, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।