
काठमाडौं । सुदुरपश्चिमका युवा धीरेन्द्रबहादुर चन्द सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट उनलाई सम्मान गरेको हो ।
मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उनलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सम्मान गरे । वन्यजन्तुको खोज अनुसन्धान तथा वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याएकाले उनलाई सम्मान गरिएको हो ।
सम्मान पत्रका साथमा नगद १ लाख रुपैयाँसहित चन्द सम्मानित भएका हुन् । काम गर्नका लागि सम्मानले आफूलाई अझ बढी प्रोत्साहन गरेको उनले बताए ।