जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठको अवसरमा थारु साहित्यिक सम्मेलन

|

बर्दिया (ठाकुरद्धारा) / जंग्रार साहित्यिक बखेरीको दशौं वर्षगाँठको अवसरमा बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्धारामा थारु साहित्यिक बखेरी भव्य रुपमा सम्पन्न भएको छ । थारु भाषा साहित्य र संस्कृतिको प्रचार प्रचार, विमर्श र संवाद गर्दै संचालित सम्मेलनमा नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने रहेका थिए । डा. लामिछानेले नेपाल संस्कृत विश्वविदालय थारु सघनबस्तीको बीचमा रहेकोले थारु समुदायले लाभ लिने वातावरण बन्नु पर्नेमा आफु स्पष्ट रहेको बताए । यसका साथै थारु भाषा, ,साहित्य र स.स्कृतिको उन्नयनका क्षेत्रमा थारु समुदायका विद्धान लेखक, अनुसन्धानकर्ता र साहित्यिक संस्थाहरुसंग सहकार्य गरेर जाने प्रतिवद्धता जनाए । उपकुलपतिले विस्तारै थारु समुदायका विद्यार्थीरु प्नि बढिरहेको जानकारी दिए ।

अनुसन्धानकर्ता तथा लेखक र राजनीतिकर्मी डा. गोपाल दहितले थारुहरुले आफ्नो इतिहास आफै लेख्नुपर्ने, पुरानो साँस्कृतिक सम्पदाको संरक्षण नगरी पहिचान स्थापित नहुने भन्दै लेखक अनुसन्धानकर्ताहरुलाई लेख्न हौस्याउँदै उत्कृत कृतिहरुको प्रकाशनका लागि युनिक नेपालले खुल्लादिलले सहयोग गर्ने बताए । गुठी संस्थानका पूर्व अध्यक्ष एवं नेत्रलाल अभागी प्रतिठानका संस्थापक लक्ष्मणराज ज्ञवालीले थारु लोकसाहित्यको क्षेत्र वृहत रहेको बताए ।

बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबीर) ले थारु नेपाल संस्कृत विश्वविद्यालयले थारु भाषा विभाग बनाएर काम गर्न सकेमा थप उपलव्धी हुने सुझाव दिएका थिए । जंग्रार साहित्यिक बखेरीका संरक्षक सुशील चौधरीले थारु लोककला र सौन्दर्यको विषयमा चर्चा गरेका थिए । त्यस क्रममा थारु सौन्दर्यशास्त्रको विवेचना हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । पत्रकार तथा लेखक डा. कृष्णराज सर्वहारीले थारु साहित्य सम्मेलनले कोरोनाका बीचमा पनि नयाँ उर्जा थपेको बताए । थारु कल्याणकारीणी सभाका जिल्ला सचिव हरिहर थारुले साहित्यिक कार्यक्रममा सहभागी हुन पाउँदा नयाँ कुरा सिकिरहेको बताए ।

नेपाल पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धिताले बर्दिया ठुला ठृुुला साहित्यक सम्मेलन भइरहेकोले स्पष्ट गर्दछ की बर्दिया जिल्ला साहित्यमा कति उर्वर छ भनेर । २०७७ पुस ४ गते विहान सिर्जनशील लेखन सत्र संचालन गरिएको थियो । दुई दर्जन स्रष्टाहरुको सहभागिता रहेका उत्त अनुशिक्षण सत्रमा डा. कृष्णराज सर्वहारीले रचना गर्भ, उपन्यास लेखन सीपबारे चर्चा गरेका थिए । सुशील चौधरीले निवन्ध र कविता लेखन सीपबारे अनुभव सुनाएका थिए । कथाकार मानबहादुर पन्नाले कथालेखन अनुभव सुनाएका थिए । सहभागीहरुले साहित्यको सैद्धान्तिक पक्ष र व्यवहारिक पक्ष जान्न पाएकोमा सत्र अति उपलव्धीमुलक भएको बताए ।

जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा स्वागत मन्तव्य र बखेरीको बारेमा उपाध्यक्ष बालिका चौधरीले बताएकी थिइन् । सरस्वती चौधरीले उद्घोषण गरेकी थिइन् । लोकसंस्कृतिकर्मी ठग्गुलाल थारुलाई गुर्वावाका रुपमा सम्मानित गरेर सुरु भएको औपचारिक कार्यक्रममा दसजना स्रष्टाहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनुहुनेमा डा. गोपाल दहित,(बर्दिया) थारु जनकवि बमबहादुर थारु (रुपन्देही), एकराज चौधरी – बर्दिया), श्रीराम चौधरी (दांग), भगवती प्रसाद थारु ( देउखर), दिलबहादुर चौधरी ( कैलाली), शर्मिला चौधरी (सृष्टि) कंचनपुर र सुमित्रा चौधरी ( बर्दिया) रहेका थिए । युनिक नेपाल र पर्यटन व्यवसायी मोहनलाल थारुलाई साहित्यिक अभियानलाई सघाएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रमकै क्रममा जंग्रार साहित्यिक बखेरीको प्रकाशन जंग्रार बखेरी र कवि दशरथ थारु (सुदिन) को प्रगतिशील कविता संग्रह बेलभार विमोचन गरिएको थियो । साँझको सत्रमा गीत गायन, कविता बाचन र साँस्कृतिक कार्यक्रम गरेर साहित्यिक विमर्श गरिएको थियो । रुपन्देही, दांग देउखुरी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कंचनपुर र काठमाण्डौका स्रष्टाहरुको सहभागिता रहेको उक्त सम्मेलनमा जुमबाट लाइभ पनि गरिएको थियो । भर्चुअल रुपमा बीस हजार बढीले प्रत्यक्ष प्रशारण हेरेका थिए । कार्यक्रममा युनिक नेपाल, कालिका सामुदायिक पुस्तकालय, बर्दिया, कर्मशील नेपाल, ठाकुरबाबा नगरपालिका, ठाकुरद्धारा पर्या पर्यटन समितिले सहकार्य गरेका थिए ।

२०७७ पुष ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।