टिकटक बनाउने क्रममा दाङमा एक युवकको मृत्यु

|

तुलसीपुर । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

ती युवाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो । शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका वडा नं ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

२०७७ पुष ६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।