शेर लामाको अध्यक्षतामा तामाङ को-अपरेटिभ सोसाईटी अफ क्यालिफोर्नियाका नयाँ कार्यसमिति चयन

|

तामाङ को-अपरेटिभ सोसाईटी अफ क्यालिफोर्नियाको सन् २०२० डिसेम्बर १९ तारिखका दिन बसेको भेलाले महाधिवेशन तथा नयाँ कार्य समिति पद हस्तान्तरण कार्यक्रम सर्वसहमत रुपमा सम्पन्न भएको छ ।

तामाङ समाज उत्तर अमेरिक का वर्तमान वरिष्ठ उपाध्यक्ष शेर बहादुर लामा आागामी नव निर्वाचित अध्यक्षमा सर्वसम्मति रुपमा निर्वाचित हुनुभएको छ ।

लामा विगत लामो समयदेखी सामाजिक अभियान्तको रुपमा क्रियाशील हुदै हाल यस सोसाइटी का अध्यक्षमा सर्वसम्मति रुपले आएका हुन् ।

उक्त अधिवेशन zoom बाँट सम्पन्न गरिएको थियो ।

नयाँ नेतृत्व अन्तर्गत शेर बहादुर लामाको अध्यक्षतामा प्रथम उपाध्यक्ष विजय लामा, दृतिय उपाध्यक्ष सरिता स्याङ्बो, महासचिव सुरज पाख्रीन, सचिव पदमा ज्ञान बहादुर लामा,कोषाध्यक्ष -रोशन लामा र बोर्ड सदस्यहरुमा हिरा लामा, विनाकुमारी योन्जन, विनिता लोप्चन, अमर बहादुर तामाङ, ग्याल्बो योन्जन तामाङ, दावा लामा, दिपेश लामा, ज्ञान बहादुर लामा र शंकर लामा सहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

यस सोसाइटीमा निबर्तमान समितिका अध्यक्ष प्रेम लामा थिए र उहाँको कार्यकालमा उदाहरणिय कार्यहरु भएको स्थानियबासीहरु बताउँछन् र हाल नयाँ कार्यकालको अध्यक्ष शेर लामाले आफु र आफ्नो टिम तामाङ समुदायका हक़ हितको पक्षमा नेतृत्व ब्यबस्थापन गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

२०७७ पुष ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।