
काठमाडौं । संवैधानिक परिषद्को बैठकले पूर्वगृह सचिव प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको छ । अध्यादेश जारी भएपछि बसेको परिषद्को बैठकले राईलाई सिफारिस गरेको हो ।
परिषद्को बैठकले संवैधानिक निकायमा रिक्त रहेका सबै ४५ पदमा नियुक्ति सिफारिस गरेको छ । परिषद्को सिफारिस आज संसद सचिवालयमा पुगेको हो ।
अख्तियार प्रमुखमा राईसँगै आयुक्तमा पूर्वएआइजी जय बहादुर चन्दलाई पनि परिषद् बैठकले सिफारिस गरेको छ । उनीहरुको सिफारिस राष्ट्रपतिले संसद विघटन गरेपछि संसद सचिवालयमा पुगेको छ ।