बाँके / नेपालगन्ज जेसिज र नमस्ते बाँके फेसबुक ग्रुपको संयुक्त आयोजना यही जेठ १३ गतेदेखि जेठ २१ गतेसम्म “कोरोनाले निम्ताएको आर्थिक समाजिक राजनीतिक अनि मनोबैज्ञानिक असरहरु र यसका न्यूनीकरणका उपायहरु” विषयक निबन्ध प्रतियोगिताको नतिजा प्रकाशित गर्ने भएको छ । कुल नौ सहभागी प्रतियोगितामा ७ महिला अनि २ पुरुष रहनु भएको थियो। सहभागी हरुमा; स्नेहा शर्मा पुष्पा अधिकारी लक्ष्मी लामिछाने जानुका सिम्खडा करुणा न्यौपाने गौरी रिजाल जास्मिन शाह जनक जोशी र कृष्ण प्रसाद उपाध्याय रहनुभएको थियो।
जसमध्ये अत्याधिक भोट र निर्णायकको अंकका आधारमा प्रथम दोस्रो तेस्रो अनि सर्वोत्कृष्ट लेख घोषणा गरेको छ ।
।जो जित्न सफल हुनुभएन वहाँका लेख रचना पनि उत्तिकै स्थान ग्रहण गर्ने जतिकै दरिला थिए तर प्रतियोगिताको नियमले मात्र वहाँहरु पछि रहनु भएको हो। हामी यही बाट हाम्रा सहयोगी मिडिया पार्टनरहरु रेडियो बागेश्वरी एफ एम, कालिका एफ एम, निल खबर, न्यु नेपाल बिज्ञापन सेवा र भोटिङ पार्टनर नयाँ बोली डट कम अनि प्राविधिक सहयोगी DAN Tech Association र उपहारको व्यवस्था मिलाइदिनु भएको फ्यामिलि कलेक्सन घरबारीटोल, नेपालगञ्ज लाई विशेष आभार व्यक्त गर्न चाहान्छौ नेपालगन्ज जेसिज का अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनु भयो। येसै गरि नमस्ते बाँके फेसबुक ग्रुपलाई पनि आगामी दिनहरु पनि येस्ता किसिमको कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने हुनाले येस्तो किसिमको कार्यक्रम लिएर आउनु पर्ने र सहकार्य पनि गर्ने बताउनु भयो।
जनताको भोट र निर्णायकको अंक जोडेर नतिजा निम्न अनुसार सार्वजनिक गरिएको छ जसअन्तर्गत कोहलपुर निवासी जानुका सिम्खडाले पहिलो स्थान हासिल गर्न सफल हुनुभएको छ। त्यसैगरी दोस्रो स्थान हातपार्न सफल नेपालगञ्ज कि जास्मिन शाह हुनुहुन्छ भने तेस्रो स्थान हात पार्न सफल स्याङ्जा निवासी लक्ष्मी लामिछाने रहनु भएको छ। त्यस्तै सर्वोत्कृष्ट लेखको उपाधि भने गौरी रिजालले प्राप्त गर्न सफल हुनुभएको छ। विजयी सम्पूर्णलाई हामी धेरै धेरै शुभकामना र अन्य सहभागीलाई अन्तर हृदय देखि नै धन्यवाद प्रकट गरिएको छ । विजेताहरूले उपहार र मायाको चिनो र सम्मान पत्र प्रदान प्राप्त गर्नु हुनेछ।यि पुरस्कारहरु नेपालगन्ज जेसिजले विशेष कार्यक्रम गरेर प्रदान गर्ने नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनु भयो।
|
२०७७ जेष्ठ २३, शुक्रबार प्रकाशित
© 2024: The World Nepal News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powerde by: The World Nepal News INC