राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन

|

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्दै प्रतिनिधिसभाको चुनावको घोषणा समेत गर्नुभएको छ । मन्त्रिपरिषदको सिफारिसका आधारमा वर्तमान संघीय संसदको प्रतिनिधि सभा विघटन भएको हो ।

सरकारकै सिफारिस अनुसार आउँदो वैशाख १७ गते पहिलो चरण र वैशाख २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको चुनाव घोषणा समेत भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७७ पुष ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।