७ मन्त्रीले दिए सामूहिक राजीनामा

|

काठमाडौं । संसद विघटनको विरोध गर्दै नेपाल सरकारका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

काठमाडौंमा आइतबार साँझ पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको संसद विघटन सिफारिसमा असहमति जनाउँदै पदबाट राजीनामा गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिनु भयो ।

राजीनामा गर्ने मन्त्रीहरु सबै पूर्व माओवादी र माधव नेपाल पक्षीय हुनुहुन्छ । पूर्व माओवादीहरुमा पनि गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टको भने राजीनामा आएको छैन ।

२०७७ पुष ५, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।