पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि

|

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७८२ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ७ सय ८२ जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ । यीमध्ये ९ हजार ३ सय १७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार २९ जना संक्रमितले कोरोनालाई जितेका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या देशभर २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट थप १६ जना संक्रमितको निधन भएको छ । मन्त्रालयकाअनुसार पछिल्ले २४ घण्टामा थपिएका १६ जनासहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ जना पुगेको छ ।

२०७७ पुष ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।