पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण

|

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयकाअनुसार देशभर ७ सय ७६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर थपिएका ७ सय ७६ जनासहित कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । यीमध्ये ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै देशभर थप ९ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । थपिएको संख्यासँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको छ । अहिलेसम्म देशमा कोरोना संक्रमणबाट १ हजार ७ सय ४९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

२०७७ पुष २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।