अमेरिकामा फाइजर भ्याक्सिनको वितरण र अमेरिकनहरु उत्साहित

|

अमेरिकामा कोरोनाबिरुद्धको फाइजर भ्याक्सिनको वितरण सोमबारदेखि सुरु भइसकेको छ भने अर्कोसातादेखि मोडेर्नाको भ्याक्सिनको पनि वितरण सुरु हुने अपेक्षा गरिएको छ । अधिकांश अमेरिकनहरु भ्याक्सिन लगाउनका लागि निकै उत्साहित रहेका छन् ।

कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ भने आगामी साता आउने अपेक्षा गरिएको मोडेर्ना भ्याक्सिन पनि ९५ प्रतिशत प्रभावकारी रहेको छ ।

तर मोडेर्ना भ्याक्सिन भने ६५ बर्षभन्दा माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।

विभिन्न राज्यले भ्याक्सिन वितरणमा आआफ्ना योजनाहरु बनाईरहेका छन् तर अधिकांशले पहिलो प्राथमिकतामा स्वास्थ्यसमस्या भएकाहरु र फ्रन्टलाइनरहरुलाई राखेका छन् ।

कोरोना संक्रमणदर उच्च रहेको क्षेत्रका उच्च जोखिममा रहेकाहरु र अत्यावश्यक स्वास्थ्यकर्मीहरुलाई पहिलो प्राथमिकता दिइनेछ भने कोरोना संक्रमणदर अलिक कम रहेको क्षेत्रका उच्च जोखिममा रहेकाहरु र अत्यावश्यक स्वास्थ्यकर्मीहरुलाई दोश्रो प्राथमिकता दिइनेछ ।

पहिलो चरणमा भ्याक्सिन स्वास्थ्यकर्मी र दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरुले उनीहरुकै स्थानमा भ्याक्सिन पाउनेछन् भने जनस्वास्थ्य कार्यकर्ता तथा सुरक्षाकर्मीहरु र अग्नी नियन्त्रकहरुले उनीहरुकै कार्यस्थल वा मोबाइल युनिटबाट पाउनेछन् ।

६५ बर्ष नाघेकाहरु, ६५ बर्षभन्दा कम उमेरका तर स्वास्थ्य समस्या भएकाहरु, अन्य अत्यावश्यक कामदारहरु र बाँकी सबैले उनीहरुको कार्यस्थल वा प्राइमरी केयर प्रोभाइडर वा फार्मेसीमार्फत भ्याक्सिन पाउनेछन् ।

त्यस्तै संक्रमणदर कम रहेको क्षेत्रका कम जोखिममा रहेका र अत्यावश्यक कामदारहरुलाई चौथो प्राथमिकता दिइनेछ । संक्रमणदर उच्च रहेको क्षेत्रका अन्य सबैले पाँचौ प्राथमिकतामा र संक्रमणदर कम रहेको क्षेत्रका अन्य सबैले छैठौं प्राथमिकतामा भ्याक्सिन पाउनेछन् ।

२०७७ मंसिर ३०, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।