बालापुरमा होम स्टे सँचालन

|
बाँके / राप्तीसोनारी वडा नँ ८ बालापुरमा बालापुर सामुदायिक होम स्टेको उद्धघाटन भएको छ । बाँके क्षेत्र नँ १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले आइतबार एक औपचारिक कार्यक्रम मार्फत उद्घघाटन गरेपछी होम स्टे औपचारिक रुपले सुरुवात भएकोछ । राप्तीको रुकुम जिल्लाका अधिकाँस मानिसहरुको बसोवास रहेको बालापुर गाँउ निकुञ्ज सँगै जोडिएको बफर्जन क्षेत्रमा पर्दछ ।
३६५ घरधुरी रहेको उक्त गाऊँमा हाललाइ ५ वटा घर बाट सुरुवात गरिएको बालापुर सामुदायिक होम स्टे ब्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र बिष्टले जानकारी दिए । अध्यक्ष बिष्टका अनुसार आफ्नो गाऊँको होम स्टेमा विशेष गरि अर्गानिक तरकारीका साथै लोकल कुखुरा कोदाको रोटी ढीडो लगायतका पाहाडी खान्कीको ब्यवस्था रहेको छ । साथै जँगलको बिचमा रहेको शान्त र सुन्दर गाऊँमा रहेको बालापुर होम स्टेमा रुकुमेली मयुर नाच सिँगारू नाच लगायतका नृत्यहरु प्रस्तुत गरि पर्यटक लाई आकर्षण गरिने पनि आयोजकले बताएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले यश होम स्टे लाई नमुना होम स्टेको रुमा बिकास गर्न सबैको सहकार्य हुनुपर्ने बताउनु भयो । उहाले बालापुरमा होम स्टे सँचालन गर्ने आफ्नो सोच रहेको र पहल पनि गरेकाले आफ्नो सोच साकार भएको भन्दै खुसी ब्यक्त गर्नु भयो । होम स्टेको बिकासका लागि आफु अग्रपँक्तिमा रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा संविधान सभा सदस्य अशोक रोकाय लुम्बिनी प्रदेश सभा सदस्य पार्बती पुन उषा बाँके राष्ट्रिय निकुन्ज बाँकेका प्रमुख श्याम कुमार शाहा वडा न ८ का वडाध्यक्ष खुम बहादुर बस्नेत लगायतले होम स्टे लाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । बालापुर सामुदायिक होम स्टे ब्यवस्थापन समितिका अध्यक्षा लोकेन्द्र बिष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानिय साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।

२०७७ मंसिर २८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।