क्याड नेपालले सहकारीसंग समन्वय गरि अघि बढ्ने

|

जुम्ला / प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लाले जुम्ला जिल्लाको हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा संचालित बाल छिटो तथा जबरजस्ति बिबाह न्युनिकरण परियोजना अन्तरगत सिजा गाउपालिकाको वडा नं. २ बिष्टबाडामा रहेको लालि गुराँस महिला पशुपन्छी सहकारी संस्था लिमिटेडसंग परियोजना अन्तरगत गरिने कृयाकलापको लागि सहकार्यको सम्झौता भएको छ । सम्झौता अनुसार वडा पालिकाबाट प्राप्त जोखिममा रहेको बालबालिकाहरुको परिवारका महिला सदस्यहरुलाई सहकारीमा आबद्ध गराई आयअर्जनको लागि प्रति परिवार ५००० बराबर सेयर लगानी तथा ५००० बराबरको बचत रकम उपलब्ध गराउने योजना रहेको छ ।

यसबाट सिजा गाउँपालिका अन्तरगत वडा नं. १ र २ का ५७ जोखिममा रहेका बालबालिकाहरुको परिवार प्रत्यक्ष लाभान्वित हुनेछन । सहकारीमा आबद्ध भएका परिवार बचतको लागि मात्र नभई समुदायमा हुने बाल बिबाह, महिला हिंसा र छाउपडी जस्ता कुसंस्कार बिरुद्ध एकजुट हुने र यसका लागि समुदायमा अभियानहरु संचालन गर्नेछन ।

सहकार्य सम्झौता समारोहमा सहकारी संस्थाका अध्यक्ष बिष्णुमाया तिवारी आचार्य र आत्म सम्मानका लागि सहकार्य (क्याड) उपाध्यक्ष कृष्ण बहादुर महतले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता समारोहमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको कार्यकारी निर्देशक धन बहादुर गौतम, सिजा गाउपालिका वडा न २ सदस्य परिचन्द्र आर्चाय र सहकारीका कार्यसमिति सदस्य र सहकारीमा आबद्ध महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै सिजा गाउँपालिका वडा नं. २ का सदस्य परिचन्द्र आचार्यले यस सहकार्यले महिलाहरुलाई एकजुट बनाई बचत गर्ने बानीको बिकासका साथै आयआर्जनको लागि सहज हुने र आफना बालबालिकाहरुको पढाईको लागि हुने खर्चहरुको लागि अरुको घरमा ऋणको लागि जानुपर्ने अबस्थाको अन्त्य हुने बताउनुभयो ।

२०७७ मंसिर २८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।