अमेरिकाबाट फाइजर र वायोएनटेकको कोरोना विरुद्धको भ्याक्सिन स्वीकृति

|

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडिए)ले फाइजर र वायोएनटेक कम्पनीद्वारा निर्मित कोरोना विरुद्धको भ्याक्सिन आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको छ ।
एफडिएले शुक्रवार राती अनुमति दिएको हो ।

सोही अनुरुप आपतकालिन प्रयोगको अनुमति दिइएको हो । पूर्ण अनुमतिका लागि फाइजरले भविश्यमा छुट्टै आवेदन दिनुपर्छ ।

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन भएको छ ।
स्वास्थ्यमन्त्री एलेक्स आजरले फाइजरको भ्याक्सिनको पहिलो शटहरु छिटोमा सोमबार लगाउन सम्भव हुने बताएका छन् ।

बिहिबारमात्र अमेरिकाको खाद्य तथा औषधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि एफडीएलाई सिफारिस गरेको थियो ।

प्यानलमा भएको मतदानमा १७ जनाले स्वीकृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।

यसअगाडि नै एफडीएले फाइजरको भ्याक्सिनमा सुरक्षा सम्बन्धि कुनै जोखिम नरहेको विश्लेषण सार्वजनिक गरेको थियो तर भ्याक्सिन लिएपछि सामान्य टाउको दुख्ने लगायतका साइड इफेक्ट भने हुनसक्ने जनाइएको छ ।

भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ ।

एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

मोडेर्नाले उत्पादन गरेको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि पनि आवेदन दिइएको छ । मोडेर्नाको भ्याक्सिन डिसेम्बरको तेश्रो साता स्वीकृत हुने अपेक्षा गरिएको छ ।

मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा भण्डारण र वितरणमा सहज हुने जनाइएको छ ।

२०७७ मंसिर २७, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।