चर्चित कोरियोग्राफर रेमा डिसुजालाई हृदयघात

|

बलिउडका चर्चित कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको छ ।

शुक्रबार हृदयघात भएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अस्पताल भर्ना भएका रेमोको एन्जियाप्लास्टी सर्जरी गरिएको र सर्जरीपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।

रेमोका निकट रहेका युवा कोरियोग्राफर धर्मेशले उनको अवस्था राम्रो रहेको पुष्टि गरेका छन् ।

रेमो डिसुजाले बलिउडका कयौँ फिल्मका गीतहरुमा कोरियोग्राफ गरेका छन् साथै थुप्रै रियालिटी शोमा निर्णायकसमेत बनेका छन् ।

उनका शुभचिन्तक तथा प्रशंसकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०७७ मंसिर २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।