न्यायको लागि मानवअधिकार सहायता कक्षको महत्वपुर्ण भुमिका

|

नेपालगञ्ज / पिडितलाई न्याय पाउने विषयमा मानवअधिकार सहायता कक्षले महत्वपुर्ण भुमिका खेलेको एक कार्यक्रमका विच सहभागिहरुले जनाएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजना र डिसिएको सहकार्यमा मङसिर २६ गते आयोजित मानव अधिकार सहायता कक्षको कार्यक्रका सहभागीहरूले उक्त कुरा जनाएका हुन् ।

इन्सेक लुम्बिनि प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले पिडितहरुलाई कानुनी र आर्थिक सहयोगका लागि र पिडितलाई न्यायको पहुचमा पु¥याउन मानवअधिकार सहायता कक्षले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले मानवअधिकार सहायता कक्षलाई प्रत्येक जिल्लामा नेटवर्क बनाउने प्रयास रहेको बताउदै यसलाई आगामि दिनमा निरन्तरता दिने प्रयास भएको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झङकर रावलले पिडितलाई न्याय दिलाउने विषयमा पछि नहट्ने बताउनुभयो । उहाँले आफुले गरेको कामको अनुभव सुनाउदै सबै संघसंस्थाहरुसंगको सहकार्यलाई अझ बलियो बनाउने बताउनुभयो । उहाँले मानवअधिकार सहायता कक्षजस्तो कार्यक्रम सधै नआएपनि यसलाई निरन्तरता दिनमा आफुले सहयोग गर्ने बताउनुभयो ।

उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष विकास आचार्यले मानवअधिकार सहायता कक्षले पिडितलाई गरेको सहयोगले पिडितहरुलाई न्यायीक प्रकृयामा जानको लागी र अदालत सम्म आउने यातायात खर्च नभएकोलाई सहयोग पुगेको बताउनुभयो ।

उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष अधिवक्ता बसन्त गौतमले मानवअधिकार रक्षकहरुको बढ्दो चुनौति भएकोले मानवअधिकार रक्षकहरुको संरक्षणका विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यसैगरि आफ्ना पति र सासुबाट घरेलुहिंसामा परेकी खजुरा गाउँपालिका–५ उढरापुर बस्ने २३ वर्षीया अनिता कुमारी यादवलाई मानवअधिकार सहायता कक्षले मङसिर २६ गते आर्थिक सहयोग गरेको छ । मानव अधिकार सहायता कक्षले पीडितलाई थप उपचारका लागि सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ । रकम हस्तान्तरण गदै राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख झङकर रावलले सहयोगले पिडितलाई उपचार लगाएत न्यायीक प्रकृयामा जानको लागि सहयोग पु¥याउने बताउनुभयो ।

रकम बुझदै पिडित अनिताले अप्ठ्यारो परिस्थितिमा मानवअधिकार सहायता कक्षले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । डिसिएको सहयोगमा स्थापना गरिएको मानव अधिकार सहायता कक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।

२०७७ मंसिर २६, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।