
अन्तर्राष्ट्रिय पर्वतीय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् २००३ मा घोषणा गरेपछि दिगो पर्वतीय विकासको महत्वमा जोड दिंदै हरेक वर्ष डिसेम्बर ११ तारिखमा यो दिवस मनाउने गरिएको हो ।
दिवसमा जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणमा जोड दिने गरिएको छ ।
पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ ।
पछिल्लो समय जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ ।
यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ ।
पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ।
पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउदै आईरहेको हो।