नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका डीआईजी विश्वराज पोखरेललाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले गृह मन्त्रालयले गरेको बढुवा सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा पद एआईजीमा डीआईजी पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।
यसै अनुरुप प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ सम्पन्न मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरेको हो ।
नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै रहे पोखरेलले हालका एआईजी शैलेश थापा क्षत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्नु हुनेछ ।