
बिगत लामो समयदेखि अमेरिका स्थित क्यालिफोनिया लस एन्जलसमा रहंदै आएका नेपाल अमेरिका एकता समाजका बर्तमान अध्यक्ष प्रकाशचन्द्र घिमिरेको पेटको क्यान्सरका कारण निधन भएको छ ।
लस एन्जलसबाली नेपाली समुदायको सामाजिक अगुवाको रुपमा क्रियाशील घिमिरेलाई ढाडमा समस्या देखिएपछी चेकजाँचको क्रममा करिब एक महिना अगाडी पेटको क्यान्सरको भयानक अवस्था देखिएर उपचारको लागि नेपालमै गएका थिए ।
नेपाल अमेरिका एकता समाज क्यालिफोर्निया लसएन्जल्सका बर्तमान अध्यक्ष प्रकाश घिमिरेको असामयिक निधनले नेपाली समुदाय लाई दुःखित तुल्याएको छ ।
यस दुखद घडिमा आफ्नो समुदायमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै हार्दिक श्रध्दान्जली साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछौ ।