लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि खजुरामा सम्पन्न

|

खजुरा / “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति ,समाज र सबैको एक्यबद्वता” मुलको नाराको साथ लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिका, शिक्षा युवा तथा खेलकुद शाखा र महिला, बालबालिका शाखाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप), अक्सफामको सहकार्यमा “खजुरा पालिका माध्यमिक स्तरीय निबन्ध प्रतियोगितमा योगिनी माबिका मुकुन्द शर्मा प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसै गरि दोश्रो स्थानमा ज्ञानोदय नमुना माविका दिपशिखा भण्डारी, तेश्रो स्थानमा भानु माविका मन्तसा सलमानी र सान्तवाना स्थानमा जनसेवा माविका रितु बुढा मगर भएकी छिन् ।

त्यसै गरि घरायसी कार्यमा महिला र पुरुषको सहकार्य फोटो / भिडियो प्रतियोगितामा प्रथम खजुरा गाउँपालिका वडा नं.५ का हामिद खान, दोश्रो स्थानमा खजुरा गाउँपालिका वडा नं.२ का हेमन्त खनाल, तेश्रो स्थानमा खजुरा गाउँपालिका वडा नं. का गौतम श्रेष्ठ र सान्तवाना स्थानमा खजुरा गाउँपालिका वडा नं.२ का प्रकाश थापा विजयी घोषित भएका छन् । दुबै प्रतिस्पर्धामा विजयी प्रतिस्पर्धीहरुलाई क्रमशः प्रथमः३०००, दोश्रोः२५०० तेश्रोः २००० र सान्तवानालाई १५०० नगद पुरस्कार खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र बि–ग्रुपका जनस्वास्थ्य प्रवर्धन अधिकृत दुर्गा पन्थीले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले आगामी दिनहरुमा पनि लैङ्गिक हिंसा अन्त्यको लागि सम्पुर्ण सरोकारवाला निकाय सहकार्य गरि अघि बढनु पर्ने बताउनुभयो । साथै उहाँले विद्यालय र विद्यार्थीहरुको लैङ्गिक हिंसा न्युनीकरणमा गर्नमा समाजमा अहम भुमिका हुने बताउनुभयो । सो समापन तथा पुरस्कार वितरण र गाउँपालिका सँगको समन्वय कार्यक्रममा लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिकामा गरिएका बिभिन्न कार्यक्रमको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विकले समिक्षा पनि गर्नुभएको थियो ।

सो कार्यक्रममा अतिथिहरुमा खजुरा गाउँपालिकाका महिला शाखा प्रमुख सुशिला न्यौपाने, बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङ्ग तथा विभिन्न विद्यालयका शिक्षक, स्थानीय जनप्रतिनिधिहरु र संचारकर्मीहरुको सहभागिता रहेको थियो । लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिकाको आयोजना र बिभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा विभिन्न कार्यक्रम गरि आज समापन भएको छ ।

२०७७ मंसिर २५, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।